
भारतको स्वतन्त्रता दिवसको अघिल्लो दिन पाकिस्तानले भारतलाई जतिसुकै फाइटर प्लेन ल्याए पनि चुनौती सामना गर्न तयार रहेको प्रतिक्रिया दिएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ताले भारतले जतिसुकै राफेल ल्याएपनि पाकिस्तानलाई डर नभएको वक्तव्य दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
केही साताअघि भारतले ५ वटा राफेल लडाकु विमान ल्याएको थियो ।
सेनाका प्रवक्ताले भनेका छन्, ‘पाँच राफेल आओस कि ५ सय आओस, हामी तयार छौं ।’
स्वतन्त्रता दिवसको अघिल्लो दिन पाकिस्तानी सेनाको तर्फबाट यस्तो वक्तव्य आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
पाकिस्तानले अगस्त १४ का दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारतले भने त्यसको भोलिपल्ट अर्थात अगस्त १५ का दिन स्वतन्त्रता दिवस मनाउने गर्छ ।