
सेल्फी लिनु सामान्य भइसकेको छ, तपाईं जहाँ भए पनि अचेल सल्फी लिने गरिन्छ। विशेषगरी रेस्टुरेन्ट र मलमा।
आज सार्वजनिक रूपमा सेल्फी लिन कुनै अप्ठ्यारो छैन।
तर सेल्फी कसरी आयो? विश्व सेल्फी दिवसको अवसरमा यसको उत्पतिबारे थाहा पाऔं।
पहिलो ‘सेल्फी’ सन् १८३९ मा लिइएको थियो। अन्तरिक्ष यात्री रोबर्ट कोर्निलिअसले सन् १८३९ अक्टोबरमा सेल्फी लिएका थिए।
यद्यपि, ‘सेल्फी’ शब्द सन् २००२ मा मात्रै स्थापित भएको थियो।
अष्ट्रेलियन व्यक्ति नेथन होपले आफ्नो २१ औं जन्मोत्सवका अवसरमा सेल्फी लिएका थिए। र, उनले लेखेका थिए, ‘फोकसको बारेमा माफ गर्नुहोस्, यो एक सेल्फी थियो।’
र, त्यसपछि सेल्फीबारे पछाडि फर्केर हेरिएन।
सन् २००३ र सन् २००५ को अवधि सेल्फीका लागि विकसित भयो। सामाजिक फोटो नेटवर्किङ साइट माईस्पेसमा व्यक्तिले यी फोटो पोस्ट गर्न थाले।
‘सेल्फी’को शब्द सन् २०१३ मा अक्सफोर्ड डिक्सनेरीमा समावेश मात्र भएन त्यो वर्षको ‘वर्ष शब्द’ घोषित भयो।
नाम नयाँ भए पनि सेल्फीको इतिहास लामो देखिएको छ।
यही दिनको सम्झनामा जुन २१ मा अमेरिकामा ‘सेल्फी दिवस’ मनाइन्छ।