१२ असार २०८३, शुक्रबार

यो हो आँखाको दृष्टि बढाउने सरल उपाय

साउन ३१, २०७७
यो हो आँखाको दृष्टि बढाउने सरल उपाय

तपाईं आँखाको दृष्टि बढाउनका लागि उपायहरू खोज्दै हुनुहुन्छ ? आँखा कमजोर छन् भने त्यसलाई बलियो बनाउनका लागि सरल र प्राकृतिक अभ्यासको खोजीमा हुनुहुन्छ ?

यहाँ बताइएका उपाय अपनाउनुभयो भने तपाईंले चस्मा प्रयोग नगरिकनै दृष्टि बढाउन सक्नुहुन्छ ।

खासमा कुनै मांसपेशी प्रयोग गरिएन भने त्यो कमजोर हुँदै जान्छ । त्यसैले आँखाको मांसपेशीलाई पनि व्यायामको मौका दिनुपर्छ ।


आँखालाई लगातार काममा दिनभरी लगाइरहनु हुँदैन । प्रत्येक दुई घन्टामा केही मिनेटका लागि आँखा बन्द गर्नुस् ।
माथि दिइएको चित्र अनुसारको अभ्यास क्रमैसँग गर्नुस् ।

चस्मा लगाउनुहुन्छ भने लगाउने समय घटाउनुस् । चस्माले हाम्रो आँखाको प्रयासलाई प्रायः घटाउँछ । त्यसैले दृष्टि बढाउनका लागि सकेसम्म चस्मा खोल्नुस् ।

गाजरको जुस दिनदिनै सम्भव भएसम्म पिउनुस् । थप फाइदाका लागि तपाईंले जुसमा जैतुनको तेल पनि हाले हुन्छ । यसो गर्दा गाजरका पोषक तत्त्व तपाईंले सोस्न सक्नुहुन्छ ।

माथि चित्रमा बताएअनुसार आँखाको मालिस गर्नुस् । माझी औँलो र चोर औँलोले मालिस गर्नुहोला । मालिस गर्दा हल्का मात्र दबाब दिनुहोला ।

खुल्ला हावामा हिँड्दा टाढातिर दृष्टि फ्याँक्नुस् । आफ्नो खुट्टामा हेर्नुभन्दा परका कुरा हेर्नु ठीक हुन्छ ।

आँखालाई मनतातो पानीले धुनुस् । यसो गर्दा आँखाको थकाइ मेटिन्छ र तपाईं ताजा महसूस गर्नुहुन्छ ।

ल्यापटप वा टिभीमा घन्टा नझुण्डिनुस् । राति सुत्नुअघि स्मार्टफोन नहेर्नुस् अनि राति निद्रा खुल्यो भने स्मार्टफोन हेर्न नथाल्नुस् ।

त्राटक गर्न थाल्नुस् । तर १२ देखि १५ मिनेटभन्दा बढी नगर्नुस् ।

salt training

कमेन्ट गर्नुहोस्