२४ असार २०८३, बुधबार

जाजरकोटमा भेटियोे लोभीपापी !

जाजरकोटमा भेटियोे लोभीपापी !

विश्वमा लोपोन्मुख अवस्थामा रहेको लोभीपापी गरुढ जाजरकोट सदरमुकाम नजीकै फेला परेको छ ।

भेरी नगरपालिका–१ धल्धा, कालेगाउँस्थित भेरीको किनारमा गुँढ बनाएर बच्चा कोरलेको लोभीपापी यो वर्ष ११ वटा फेला परेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा पक्षी तथा नेपाल पक्षी संरक्षण सङ्घको आजीवन सदस्य गोविन्द सिंहले जानकारी दिए । 

धल्दा, कालेगाउँ नजीकै नदीको किनारमा बथानमा खेल्दै गरेको अवस्थामा आफूले लोभीपापी गरुढ भेटाएको अधिकृत सिंहले जानकारी दिनुभयो । यसअघि सुर्खेतमा पनि १० वटा यस प्रजातिको गरुढ भेटिएका थिए । जैविक विविधता राम्रो भएको जाजरकोटमा  विश्वमा  दुर्लभ जनावर रेडपान्डा, दुर्लभ पक्षीहरु  चिर कालीज, सुन गिद्ध, सेतो गिद्धको बास रहेको पाइएको  सिंहले बताए । 

जिल्लाको बारेकोट र कुशे गाउँपालिका तथा भेरी र नलगाड नगरपालिका विश्वमै दुर्लभ जनावर तथा पक्षीहरुको बासस्थान भए पनि यहाँको जङ्गल क्षेत्र मासिँदै गएकाले दुर्लभ जनावर तथा पक्षीहरु लोप हुँदै गएको उनको भनाइ छ । विसं २०७० देखि पक्षी तथा  वन्यजन्तुको एकल संरक्षण अभियानमा जुटेका सिंहले १२ जन्यजन्तु, २७ वटा पक्षी र छ वटा गिद्धको उद्धार गरी व्यक्तिगत खर्चमा उपचार गरेर जङ्गलमै लिएर छोडिसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्