
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका केही स्थान, मधेशका साथै कर्णालीका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेश साथै लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा हुरीबतासको पनि सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश तथा कोशी, बागमती र गण्डकीका पहाडी र तराई भूभागका धेरै स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मधेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थान तथा मधेशका साथै बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागको एक/दुई स्थानमा भारी वर्षाका सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन अनुरोध महाशाखाले अनुरोध गरेको छ ।