३० जेठ २०८३, शनिबार

लिदी पहिरोमा मृतकको संख्या १६ पुग्यो, बेपत्ताको खोजी जारी

साउन ३१, २०७७
लिदी पहिरोमा मृतकको संख्या १६ पुग्यो, बेपत्ताको खोजी जारी

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रवार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गरेका छन् ।

मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सरेश नेपाल लगायतको टोली पहिरोस्थल पुगी घटनास्थलको अवलोकन गरेको हो ।

सो अवसरमा प्रदेशबाट पहिरो प्रभावितका लागि राहत तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ । त्यहाँ क्षति भएका र अन्य गरी १७२ घरधुरीलाई अहिले अस्थायीरूपमा नजिकै सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र तत्काल यो कार्य गरिने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । 

दीर्घकालीनरूपमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित स्थानमा सारिने उनले बताए । वाग्मती प्रदेश सरकारले बाढीपीडितलाई सुरक्षित स्थानमा पूरै घर प्रदेश सरकारले नै निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

लिदी पहिरोमा परी मृत्यु हुनेको संख्या १६

जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । शुक्रवार बिहान गएको पहिरोमा परेका अझै २३ जना बेपत्ता छन् । 

लिदी पहिरोमा ३८ जना हराइरहेका भनिए पनि थप १ जना पनि हराएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललले जानकारी दिए । नेपाली सेना, प्रहरी र स्थानीयले पहिरो हटाएर शव निकालेका हुन् । पहिरोले एउटा बस्ती नै पुरेको थियो । बेपत्ताको स्थानीय, प्रहरी, नेपाली सेनाबाट खोज तथा उद्धार जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

पहिरोमा परी मृत्यु हुनेमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन् । माइला पाराङ दोङ, मेकमाया दोङ, च्यामा दोङ, विमला दोङ र कविर दोङको पनि पहिरोमा परी मृत्यु भएको छ । 

पहिरोमा परी घाइतेहरू रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरिङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्