१९ असार २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य

साउन ३१, २०७७
सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य
फाइल फोटो।

सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशन (बर्खे अधिवेशन) शनिबार राति १२ बजेबाट अन्त्य भएको छ। प्रदेश सभाको शनिबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका हुन्।

प्रदेशसभाको छैटौँ अधिवेशनको यो अवधिमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, रेडियो, एफएम र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश लोक सेवा आयोग ऐन संशोधन गर्न बनेको विधेयक पारित गरिएको छ।

यसबाहेक प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ र आर्थिक वर्ष २०७७÷७८ को विनियोजन विधेयकसमेत पारित गरिएको छ। गएको जेठ १३ गते यो अधिवेशन प्रारम्भ भएको थियो।

शनिबार बसेको अन्तिम बैठकमा छैटौँ अधिवेशनको समीक्षा गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले चालू वर्षको बजेटलाई छलफलमा लैजाने क्रममा सरकार र प्रतिपक्ष मिलेर सदस्यलाई बोल्न नदिएर बजेट पारित गरिएको जनगुनासो आएको भन्दै आगामी दिनमा यस्तो प्रवृत्ति आउन दिन नहुने बताए।

नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले प्रदेशका साझा चुनौती र समस्यालाई सत्तापक्ष र प्रतिपक्ष नभनी एकजुट भएर समाधान खोज्नुपर्नेमा जोड दिए।
 

salt training

कमेन्ट गर्नुहोस्