०१ असार २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

कात्तिक २०, २०७४
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं, २१ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको चेम्बरमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संविधान संशोधन, निर्वाचन, प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगलगातका विषयमा छलफल केन्द्रीत रहेको जनाइएको छ ।

आज दिउँसो ३ बजे संसद् बैठक बैस्दै छ । संसदमा दर्ता गरिएको संविधान संशोधन पास गराउन सरकारले पहल गरेको छ । तर एमाले लगायतका विपक्षी गठबन्धले त्यसलाई अस्वीकार गर्दा संशोधन पास गर्न सरकारलाई समस्या परेको छ ।

एमाले नेतृत्वको नौं दलीय गठबन्धनले कुनै पनि हालतमा संशोधन पास हुन नदिने बताइसकेको छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीचमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संसद सचिवालयमा दर्ता गरेको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावका विषयमासमेत छलफल हुने जनाइएको छ । एमालेले महाअभियोग फिर्तालिन सरकारलाई आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्