२५ जेठ २०८३, सोमबार

१८ वर्षिय किशोरले बनाएर ब्रेस्ट क्यान्सर पत्ता लगाउने ब्रा

कात्तिक २०, २०७४
१८ वर्षिय किशोरले बनाएर ब्रेस्ट क्यान्सर पत्ता लगाउने ब्रा

काठमाडौं, २१ वैशाख– मेक्सिकोका १८ वर्षिय विद्यार्थीले एक यस्तो ब्रा डिजाइन गरेका छन्, जसले सजिलैसँग ब्रेस्ट (स्तन) क्यान्सर पत्ता लगाउन सकिन्छ ।

यो नयाँ खोजका कारण ती किशोरलाई ‘ग्लोबल स्टुडेन्ट अन्ट्रप्रेनर’ अवर्डा समेत मिलेको छ ।

जुलियन रियो कान्टु नाम गरेका ती किशोरले आफ्नो आमाको कारण उक्त खोज सफल भएको बताएका छन् । उनकी आम ब्रेस्ट क्यान्सर पीडित थिइन्, जसबाट आफूले ब्रेस्ट क्यान्सर पत्ता लगाउने ब्रा निर्माणका लागि प्रेरणा मिलको ती किशोरको भनाइ छ ।

उक्त रोगका कारण जुलियनकी आमाका दुईवटै स्तनलाई अपरेशन गरेर हटाउनु परेको थियो ।

स्तन क्यान्सर पत्ता लगाउने ब्रा बनाउने जुलियन रियो कान्टु
 

ब्रेस्ट क्यान्सर पत्ता लगाउने उक्त ब्रा जुलियनले आफ्ना तीनजना साथीसँगको सहकार्यमा बनाएका हुन् । जसको नाम ‘ईवा’ राखिएको छ ।

यो खास ब्रामा करिब २०० ओटा बायोसेन्सर्स जोडिएका हुन्छन्, जसले स्तनको माथिल्लो सहतको पत्ता लगाउनुका साथै स्तनको तापक्रम, आकार तथा तौलमा हुने परिवर्तनमाथि निगरानी गर्छ ।



जब एक अन्तर्वार्तामा जुलियनसँग सोधियो कि, स्तन क्यान्सर पत्ता लगाउनका लागि उनले ब्रा नै किन बनाए ? त्यसमा उनको जवाफ थियो, ‘किनकी ब्राको मद्दतले स्तन आफ्नो सही पोजिसनमा रहन्छन् । स्तन क्यान्सरको पत्ता लगाउन यो खास ब्रालाई एक हप्तामा एक घण्टाभन्दा बढी समय प्रयोग गर्नु जरुरी पर्ने छैन ।’

एजेन्शीहरुको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्