१२ साउन २०८३, मंगलबार

चीनले बनाएको कोभिड खोप सन् २०२० को अन्त्यसम्ममा बजारमा आउने अपेक्षा

साउन ३२, २०७७
चीनले बनाएको कोभिड खोप सन् २०२० को अन्त्यसम्ममा बजारमा आउने अपेक्षा

चीनले कोरोनाभाइरसविरुद्धको खोप याड५–एनकोभको पेटेन्ट अधिकार पाएको छ । 

यस खोपलाई चिनियाँ सेनाका मेजर जनरल चेन वेई र कानसिनो बायोलोजिक्स इन्क कम्पनीले बनाएका हुन् । 

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा छापिएको रिपोर्टअनुसार, चीनले खोपको तेस्रो चरणको परीक्षण विभिन्न देशमा गरिरहेको छ र सन् २०२० को अन्त्यसम्ममा बजारमा ल्याउने अपेक्षा गरिएको छ । 

खोपको पेटेन्टका लागि मार्च १८ मा अनुरोध गरिएको थियो र अगस्ट ११ मा त्यसलाई स्वीकृति दिइयो । 

चिनियाँ विशेषज्ञहरूले कोरोनाभाइरसविरुद्धको खोप सुरक्षित र प्रभावकारी रूपमा बनाउने काममा चीन अघि बढिरहेको बताएका छन् । खोपको नराम्रो साइड इफेक्ट नदेखिएको बताइएको छ ।

तेस्रो चरणको परीक्षणमा खोपको प्रभाव क्षमताको आकलन गरिने चीनको भनाइ छ । खोप सफल भएमा बजारमा ल्याइहाल्ने चीनले बतायो । 

खोपले स्वीकृति नपाइसकेको भए पनि चीनले आफ्ना सैनिकहरूलाई लगाउन थालिसकेको बताइएको छ । चिनियाँ जनमुक्ति सेनाको सहयोगमा बनेको खोप व्यापक मात्रामा सैनिकहरूलाई लगाइएको छ । 
 

क्यानसिनो कम्पनीले परीक्षण र खोप बनाउने क्षमताका कारण अमेरिकाको मोडर्ना, फाइजर, क्योरभ्याक र आस्त्राजेनेकालाई पछि पारेको चिनियाँ विशेषज्ञहरू बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्