
एलजी ‘एआई डिडी मोटर’ भएको भिभाचे सिरिजको वासिङ मेसिन नेपाली बजारमा आएको छ ।
यस वासिङ मेसिनमा ‘एआई डिडी’ जस्ता लेटेस्ट प्रविधि रहेको छ, जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउछ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८% ले जोगाउँछ ।
‘एआई डिडी वासिङ मेसिनले ‘बिग डाटा वीथ डीप लर्निङ’ उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ ।
यस वासिङ मेसिनमा स्टिम प्लस प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९% किटाणु नष्ट गर्छ र हाइजेनिक वाश दिनुका साथै ३०% कपडाहरुलाई खुम्चिन बाट बचाउँछ ।
टर्बो वाश ३६० डिग्री र ४ हाई स्पिड स्प्रे नोजल वीथ इन्भर्टर पम्प टेक्नोलोजीरहेको यस मेसिनले उच्च र कम गति आवश्यकता अनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वाश साइकल पूरा गर्दछ जसले विजुली र समयको बचत गर्छ ।
यसमा टेम्पर ग्लास डोर छ जसमा स्क्राच नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथै आकर्षक मेटालिक नब र ‘बीग एलइडी डिस्प्ले रहेको छ ।
कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सर को मदतले रिन्ज र स्पिन को बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पन मुक्त गर्दछ ।
नेपालमा एल.जी. ब्राण्डका आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जि. इम्पेक्स प्रालि रहेको छ ।