०६ असार २०८३, शनिबार

बाहुबलीमा कसको पारिश्रमिक कति ?

कात्तिक २०, २०७४
बाहुबलीमा कसको पारिश्रमिक कति ?

अहिले ‘बाहुबली–२’ले फिल्म हलमा धुम मच्चाइरहेको छ । अघिल्लो बाहुबलीभन्दा सिक्वेल बाहुबलीले धेरै माथिको व्यापार गरिरहेको छ । एसएस राजामौली निर्देशित तेलेगु फिल्म बाहुबलीका प्रमुख कलाकारले कति पारिश्रमिक पाए होलान् भन्नेबारे आमदर्शकमा कुतुहलता छ ।
बाहुबलीका लागि प्रमुख कलाकारले झन्डै पाँच वर्ष खर्चिएका छन् । हिरो प्रभासले त अरू सबै काम छाडेर बाहुबलीका लागि बन्धकझैँ जीवन बिताउनुपर्यो । भारतीय अनलाइनले उल्लेख गरेअनुसार बाहुबलीका कलाकारले पाएको पारिश्रमिक:

प्रभास
प्रभासले अमरेश र महेन्द्र बाहुबली गरी दोेहोरो भूमिका निर्वाह गरेका छन् । बाहुबलीका दुवै भागका प्रमुख पात्र नै प्रभास हुन् । बाहुबलीमा अनुबन्धित भएपछि प्रभासले कुनै फिल्म तथा विज्ञापन साइन गरेनन् । झनडै पाँच वर्ष उनले बाहुबलीलाई दिए । जसबापत उनले २५ करोड भारु पारिश्रमिक पाए । पाएको काम अत्यन्तै धैर्यता र लगावका साथ गर्नाको फल उनले पाइरहेका छन् ।

कटप्पा
कटप्पाको भूमिका निर्वाह गरेर चर्चा कमाएका अभिनेता सत्यराजले बाहुबलीमा अभिनय गरेबापत दुई करोड भारु पारिश्रमिक पाए । फिल्ममा अहम् भूमिका निर्वाह गरेका कटप्पा दरबारका बफादार कर्मचारी हुन्छन् । बीचमा भिलेन देखाइएका कटप्पालाई फिल्मको अन्त्यमा हिरोकै रूपमा प्रस्तुत गरिएको छ ।

राम्या कृष्णन
दक्षिण भारतकी चर्चित अभिनेत्री राम्या कृष्णनले बाहुबलीमा शिवागामीको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा बाहुबलीलाई पालेर छोराको दर्जा दिएकी शिवागामी बाहुबलीको पहिलो भागमा निकै छोटो भूमिका थिइन् । अहिले दोस्रो भागमा उनी अहम् भूमिकामा छिन् । उनले साढे दुई करोड भारु पाइन् ।

अनुष्का सेठ्ठी
दक्षिण भारतीय फिल्मकी चर्चित हिरोइन अनुष्का सेठ्ठी बाहुबली–२ मा बाहुबलीकी पत्नी देवसेना र महेन्द्र बाहुबलीकी आमाको भूमिकामा छिन् । उनले फिल्ममा अभिनय गरेबापत पाँच करोड भारु लिएको बताइन्छ ।

तमन्ना भाटिया
तमन्ना भाटिएकाले महेन्द्र बाहुबलीकी प्रेमीका अवन्तीको भूमिका निर्वाह गरेकी छिन् । पहिलो बाहुबलीमा तमन्नाको भूमिका लामो थियो । तर, दोस्रोमा छोटो छ । उनले पनि अनुष्काको जत्ति नै अर्थात् पाँच करोड भारु पारिश्रमिक पाएको अनलाइनहरूको दाबी छ ।

राणा दग्गुवाती
बाहुबलीका मुख्य भिलेन भल्लालदेवको भूमिका निर्वाह गरेका राणा दग्गुवातीलाई फिल्ममा शक्तिशाली पात्रका रूपमा प्रस्तुत गरिएको छ । बाहुबलीलाई टक्कर दिने भल्लालदेवले १५ करोड भारु पारिश्रमिक पाएको बताइन्छ ।

प्रियंकाको बोल्ड फोटोसेसन


अभिनेत्री प्रियंका चोपडाले हालै एउटा फेसन म्यागजिनका लागि बोल्ड फोटो सेसन गरेकी छिन् । बलिउडका साथै हलिउडका फिल्ममा पनि आफूलाई व्यस्त राखेकी प्रियंका फोटोमा निकै खुलेकी छिन् ।

बलिउडका मात्र नभई हलिउडको टिभी सो र फिल्ममा पनि निकै खुल्ने गरेकी प्रियंकाका ती फोटोले सोसियल मिडियामा राम्रै चर्चा पाएका छन् । सेबस्टियन किमले खिचेका फोटोको पोज तथा स्टाइललिङ भने बनेसा चाउको हो । फोटो सेसनमा प्रियंकाको हेयर स्टाइलको डिजाइन बोकले गरे भने मेकअप युमी मोरीले गरेकी हुन् । उनका ती फोटो जुन महिनाको फेसन म्यागजिन कभरका लागि भएको बताइएको छ ।

बागी–२ को फस्र्टलुक
अभिनेता टाइगर श्राफको हिट फिल्म ‘बागी’को सिक्वेल ‘बागी–२’ आगामी वर्ष २०१८ को अप्रिल २७ मा रिलिज हुने भएको छ । सन् २०१६ मा प्रदर्शित बागीले सय करोडभन्दा बढीको व्यापार गरेको थियो । दर्शकले मन पराएकाले सिक्वेल बन्न लागेको जनाउसहित टाइगरले आफ्नो इन्ट्राग्राममार्फत बागी–२ को फस्र्टलुक सार्वजनिक गरेका छन् । अहमद खानको निर्देशनमा बन्ने फिल्मका बाँकी कलाकारको भने टुंगो लागिसकेको छैन ।
- नयाँ पत्रिका

salt training

कमेन्ट गर्नुहोस्