१४ असार २०८३, आइतबार

विद्युत् प्राधिकरण ३५औँ वर्षमा हालसम्मकै उच्च नाफामा

भदौ १, २०७७
विद्युत् प्राधिकरण ३५औँ वर्षमा हालसम्मकै उच्च नाफामा

नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु¥याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ ।

विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ देखि नाफा गर्न सुरु गरेको हो । त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ । त्यसअनुसार आव २०७४/७५ मा दुई अर्ब ८५ करोड, आव २०७५/७६ मा नौ अर्ब ८१ करोड र आव ७०७६/७७ मा हालसम्मकै उच्च रु. ११ अर्ब पाँच करोड रुपियाँ नाफामा रहेको छ ।

त्यस्तै आव २०७५/७६ मा प्रणाली चुहावट १५.३२ प्रतिशत रहेकोमा कोभिड–१९ बाट उत्पन्न प्रतिकूल परिस्थिति रहे पनि आव २०७६/७७ मा प्रणाली चुहावटलाई १५.२७ प्रतिशतमा सीमित राख्न सकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई कार्य रूप दिन विकासमा अन्य आयामको संवाहकका रूपमा प्राधिकरणको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
३५ औँ वर्ष प्रवेशका अवसरमा शुभकामना दिँदै मन्त्री पुनले स्वदेशी विद्युत् उत्पादन वृद्धि, माग र आपूर्ति व्यवस्थापन तथा व्यापारिक चुहावट न्यूनीकरणमा लाग्न निर्देशन दिएका छन् ।

त्यसैगरी ऊर्जा सचिव दिनेशकुमार घिमिरेले प्राधिकरणमा अबको दिनमा विद्युत् व्यापार महत्वपूर्ण र चुनौतीपूर्ण दुवै रहेको भन्दै अन्तर्देशीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि नियामक निकायको प्रक्रिया पूरा गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले अहिलेसम्म प्राप्त गरेका उपलब्धि सुरुआत मात्र भएको र यसको जगमा टेकेर अघि बढ्दै समृद्धिका लागि सरकारले लिएको मार्गमा सहयोगी र भरपर्दो माध्यम बन्ने प्रण गरेको उल्लेख गरे । प्राधिकरणले आगामी वर्षहरूमा पनि खर्च कटौती गर्ने–आम्दानी बढाउने, चुहावट घटाउने–खपत बढाउने, उत्पादन बढाउने–महसुल घटाउने, आयात घटाउने–निर्यात बढाउने उल्लेख गरे । गोरखापत्र दैनिकमा खबर छ ।

 

salt training

कमेन्ट गर्नुहोस्