१८ असार २०८३, बिहीबार

महत्त्वपूर्ण आयोजनामा कोरोना प्रभाव अध्ययन

भदौ १, २०७७
महत्त्वपूर्ण आयोजनामा कोरोना प्रभाव अध्ययन

राष्ट्रिय योजना आयोगले कोरोना महामारीका कारण मुलुकका रूपान्तरणकारी आयोजना (गेम चेन्जर प्रोजेक्ट) मा परेको प्रभावबारे सुरु गरेको अध्ययन अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले मुलुकमा कोरोना महामारीको सङ्क्रमण फैलिएसँगै रूपान्तरणकारी आयोजनामा परेको प्रभावबारे अध्ययन सुरु गरिएको बताए । उनले अध्ययन कार्य अन्तिम चरणमा पुगेको छ । चाँडै नै अध्ययन प्रतिवेदन आउनेछ । प्रभाव न्यूनीकरणको अध्ययन प्रतिवेदनले सहयोग पुु¥याउनेछ भने।

राष्ट्रिय योजना आयोगका अनुुसार १८ वटा आयोजनालाई रूपान्तरणकारी योजनाका रूपमा लिएको छ । जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, समृद्धिका लागि वन कार्यक्रम, जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भू–सम्बन्ध व्यवस्थापन कार्यक्रम र औद्योगिक पूर्वाधार विकास आयोजना रहेको छ । यसैगरी स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजना, सार्वजनिक विद्यालय सबलीकरण आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम आयोजना, राष्ट्रपति महिला सशक्तीकरण परियोजना, माथिल्लो अरुण जलविद्युत् आयोजना पनि रूपान्तरणकारी आयोजनामा पर्छन् ।

आयोगले राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइन आयोजना, पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति आयोजना, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजना, प्रादेशिक तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम, नयाँ सहर विकास आयोजना, सहरी करिडोर आयोजना, डिजिटल नेपाल र राष्ट्रिय परिचय पत्र तथा
घटना दर्ता कार्यक्रमलाई महìवपूूर्ण १८ योजनामा पारिएको छ ।

उपाध्यक्ष कँडेलले कोरोना महामारीका कारण रूपान्तरणकारी आयोजना अब लक्षित समयमा सम्पन्न गर्न कठिन छ । अहिलेसम्म के–कस्तो असर परेको र भविष्यमा पर्न सक्ने प्रभावबारे अध्ययन सुरु गरिएको हो । अहिले भइरहेको अध्ययनले कोरोनाका कारण रूपान्तरणकारी आयोजनामा समग्रमा के–कस्तो असर प¥यो त्यसबारे प्रारूप दिनेछ भने। उनले अहिलेसम्म हेर्दा कोरोनाले सबै क्षेत्रमा जस्तै रूपान्तरणकारी आयोजनामा समेत असर पारेकै छ तर परियोजनाको हिसाबले चलेका आयोजनामा त्यति असर पारेको देखिँदैन, पछिल्लो अवधिमा राज्यले व्यवस्था गरेर चलेको स्थिति छ तर कतिपय कार्यक्रममा अलि बढी असर परेको अवस्था छ भने ।

दीर्घकालीन सोच र १५औँ योजनाले लिएका राष्ट्रिय लक्ष्य हासिल गर्न वृहत् प्रभाव पार्ने र विशिष्ट प्रकृतिका १८ वटा आयोजनालाई रूपान्तरणकारी आयोजनाका रूपमा अगाडि सारिएको हो । बहुुवर्षीय ती आयोजनाको कुल लागत २५ खर्ब रुपियाँ रहेको प्रक्षेपण गरिएको छ । मुलुकको विकास, समृद्धि र सुखको आधार निर्माण गर्न रूपान्तरणकारी आयोजना महìवपूर्ण हुने उपाध्यक्ष कँडेलको विश्वास छ ।

रूपान्तरणकारी आयोजना सम्पन्न भइसकेपछि कम्तीमा २० लाख जनसङ्ख्या लाभान्वित हुने विश्वास राष्ट्रिय योजना आयोगले गरेको छ । त्यसैगरी यी आयोजनाले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा शून्य दशमलव ५ प्रतिशत योगदान दिने र ४० हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने विश्वास गरिएको छ ।

कतिपय रूपान्तरणकारी आयोेजना राष्ट्रिय गौरवका आयोजनासँग जोडिन्छन् भने कतिपय फरक प्रकृतिका रहेका छन् । राष्ट्रिय गौरवका आयोजनामा धेरै पूर्वाधारसँग सम्बन्धित छन् भने रूपान्तरणकारी आयोजनामा शिक्षा र स्वास्थ्य जस्ता सामाजिक क्षेत्रसमेत समेटिएका छन् । यसमा कतिपय कार्यक्रम नयाँ छन् भने प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम जस्ता केही पहिलेदेखि चल्दै आएका आयोजनासमेत समेटिएका छन् ।  गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्