
चीनका परराष्ट्रमन्त्री वाङ यीले तिब्बतमा सीमा संरचनाको निरीक्षण गरेका छन् ।
उनको यो निरीक्षण महत्त्वपूर्ण र दुर्लभ मानिएको छ ।
चिनियाँ सञ्चारमाध्यमले यसलाई भारत–चीन वास्तविक नियन्त्रण रेखामा चलिरहेको विवादसँग जोडेर हेरेका छन् ।
वाङले शुक्रवार तिब्बतमा कम्युनिस्ट पार्टीका उच्च अधिकारी वु यिङजीसँग तिब्बत स्वायत्त क्षेत्रको सरकार किजलाका अध्यक्षसँग भेटघाट गरे र राष्ट्रिय सुरक्षा बलियो बनाउन आग्रह गरे ।
तिब्बत डेलीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेअनुसार, तिब्बतमा मानिसहरूसँग मिलेर राष्ट्रिय सुरक्षा तथा तिब्बत क्षेत्रमा स्थिरताका लागि काम गरिने किनकि सम्पूर्ण चीनका लागि यो महत्त्वपूर्ण भएको वाङले बताए ।
जुन महिनामा भारत र चीनबीच गलवान उपत्यकामा भएको भिडन्तको पृष्ठभूमिमा यो यात्रा भएको हो । भ्रमणका क्रममा वाङले सीमावर्ती गाउँहरूको स्थितिका विषयमा पनि जानकारी लिएका छन् ।
उनले गरीबी उन्मूलन, आधारभूत संरचना निर्माण र गाउँ निर्माणको स्थितिको जानकारी पनि लिए । वर्तमान अन्तर्राष्ट्रिय स्थिति र कूटनीतिक कामका मुख्य योजनाहरूको सन्दर्भमा स्थानीय अधिकारीहरूको एक सभामा पनि उनले भाग लिए ।
तिब्बतले पेटी सडक पहल अन्तर्गत आर्थिक पाटोमा, सीमाको स्थिरताको पाटोमा, बाह्य सहयोगको सहभागी बन्नमा र विकासको महत्त्वपूर्ण क्षेत्रमा राम्रो काम गरेको उनले बताए ।
बीआरआई परियोजनाअन्तर्गत तिब्बत हुँदै नेपालसम्म स्मिापार आर्थिक कोरिडोर बनाउने कुरा छ । त्यसलाई ट्रान्स हिमालय मल्टी डाइमेन्स्नल कनेक्टिभिटी नेटवर्क परियोजना पनि भनिन्छ । चीन र नेपाललाई जोड्ने रेलवे लिंक पनि त्यसमा पर्छ ।
ग्लोबल टाइम्सले वाङको यस यात्रालाई प्रत्येक वर्ष गरिने विशेष यात्रा भनेको छ ।