२७ असार २०८३, शनिबार

एनआइसी एशिया बै‌ंकले ल्यायो कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे

एनआइसी एशिया बै‌ंकले ल्यायो कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे

एनआइसी एशिया बै‌ंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु गरेको छ । 

बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबरसोर्स इन्कको गेटवे प्रणाली नेपालमा भित्र्याउँदै इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गरेको हो ।

 अमेरिकाको बहुराष्ट्रिय कार्ड कम्पनी भिसाको प्रमुख लगानी रहेको यस साइबारसोर्स इन्कको गेटवे प्रणाली यस बैंकले नेपालमा पहिलोपटक ल्याएको हो । 

अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको यो गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ ।

यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् । 
यस सुविधाले विशेषगरि अनलाइन प्लेटफर्ममा आधारित इ कमर्स, टाभल एन्ड टुर, हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, पर्यटन व्यवसायी, एडभेन्चर तथा मनोरञ्जन, हस्तकला लगायतका  व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने विश्वास लिएको बैंकले जनाएको छ ।

नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई टेवा पुर्‍याउदै यस बैंक आफ्नो डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन रणनीति अन्तर्गत विभिन्न डिजिटल प्रविधि र सेवा प्रदान गर्दै अग्रपंक्तीमा रहिआएको छ । 

यस पेमेन्ट गेटवे प्रविधिमार्फत बैंकले आफ्ना मर्चेन्ट तथा सम्पूर्ण ग्राहक महानुभावहरूलाई प्रदान गर्दै आएको डिजिटल सेवालाई थप प्रगाढ बनाएको छ । 
यस गेटवे प्रणालीबाट हालका लागि भिजा कार्डमार्फत कारोबार गर्न सकिने छ भने बैंकले निकट भविष्यमै मास्टरकार्ड, युनिअन पेलगायतका कार्डमार्फत समेत कारोबार गर्न सकिने तयारी गरिरहेको बैंकले जनाएको छ ।  


 

salt training

कमेन्ट गर्नुहोस्