०५ साउन २०८३, मंगलबार

नेकपा सचिवालयलगत्तै ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता

नेकपा सचिवालयलगत्तै ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार नेकपा सचिवालय बैठक सकिएलगत्तै ओली र प्रचण्डसँग देउवाले छलफल गरेका हुन् । 
संवैधानिक पदहरूमा रिक्त पदाधिकारी नियुक्ति लगायत समसामयिक विषयमा नेतात्रयबीच छलफल भएको नेकपा स्रोतले जानकारी दियो । 
नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठन, प्रदेशका मुख्यमन्त्री हेरफेर र संवैधानिक निकायमा नियुक्तिबारे पनि छलफल भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्