३० असार २०८३, मंगलबार

पूरै एयरफील्ड एकैपटकमा ध्वस्त पार्ने हतियार बनाएको चीनको दाबी

भदौ १, २०७७
पूरै एयरफील्ड एकैपटकमा ध्वस्त पार्ने हतियार बनाएको चीनको दाबी

चीनले एकैपटकमा पूरै एयरफील्डलाई ध्वस्त पार्न सक्ने नयाँ हतियार बनाएको दाबी गरेको छ । चीनको यो दाबीले अमेरिकाको निद्रा उडाएको छ । 

ग्लोबल टाइम्समा आएको खबरअनुसार, चीनले देशमै बनेको एयरबोर्न म्युनिसन्स डिसपेन्सर नामक हाइब्रिड हतियार बनाएको छ । यो आकाशबाट जमीनमा प्रहार गर्ने क्षेप्यास्त्र र सुरक्षित दूरीबाट विमानले खसाल्ने निर्देशित बमको मिश्रण हो । 

यसले ठूलो क्षेत्रलाई समेट्ने सयौं सबम्युनिसन हतियारहरू प्रहार गर्छ । 

यस किसिमको हतियारले जम्मा एक शटमा पूरै एयरफील्डलाई ध्वस्त पार्न सक्छ अनि शत्रुहरूको युद्धक विमानलाई तहसनहस बनाउन सक्छ, विज्ञहरूले दाबी गरे । 

यसलाई गाइडेड ग्लाइड डिस्पेन्सर बम भनी वर्गीकृत गरिएको छ । यो सटकी निशाना लगाउन सक्ने हतियारको तौल ५०० किलोग्राम रहेको ग्लोबल टाइम्सले लेखेको छ ।

यो क्षेप्यास्त्र जस्तो देखिन्छ र यसमा बढी हतियार राख्ने कोष्ठाकार क्रस सेक्सन छ । यस डिजाइनले हतियारको गोप्य रहने क्षमतालाई बढाएको अनि यसलाई इन्टसेप्ट गर्न गाह्रो पर्ने चाइना सेन्ट्रल टेलिभिजनले खबर दिएको छ । 

यो हतियार पाएपछि चीनले युद्धमा निकै फाइदा उठाउने बताइएको छ किनकि शत्रु मुलुकले युद्धक विमान उडाउनुअघि निकै सोच्नुपर्ने हुन्छ । यसले चीनलाई रणनीतिक अग्रता देखाउने विज्ञहरूको कथन छ । 

एसिया टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्