
नुवाकोट, २१ वैशाख- स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा चारसय ६४ पद जनप्रतिनिधि निर्वाचित गर्न पाँच गुणा बढी उम्मेदवारी दर्ता भएको छ । दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा यही वैशाख ३१ गते हुने निर्वाचनका लागि दुई हजार सातजनाले उम्मेदवार मनोनय दर्ता गरेका छन् ।
विदुर नगरपालिकामा ६७ पदका लागि तीनसय १६, बेलकोटगढी नगरपालिकामा ६७ पदका लागि दुईसय ८२, दुप्चेश्वर गाउँपालिकामा ३७ पदका लागि एकसय ४७, पञ्चकन्या गाउँपालिकामा २७ पदका लागि एकसय १६, तादी गाउँपालिकामा ३२ पदका लागि एकसय ३७ जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
यस्तै, सूर्यगढी गाउँपालिकामा २७ पदका लागि एकसय आठ, ककनी गाउँपालिकामा ४२ पदका लागि एकसय ८६, शिवपुरी गाउँपालिकामा ४२ पदका लागि एकसय ७९, तारकेश्वर गाउँपालिकामा ३२ पदका लागि एकसय १५, मेघाङमा ३२ पदका लागि एकसय ४०, किस्पाङ गाउँपालिकामा २७ पदका लागि एकसय १७, लिखु गाउँपालिकामा ३२ पदका लागि १६४ ले उम्मेदवारी दिएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवार मनोनयन दर्ताको नामावलीमा उल्लेख गरिएको छ ।