२३ असार २०८३, मंगलबार

'अड्डा' लिएर आए किशोर, डिशहोममा प्रसारण हुने

'अड्डा' लिएर आए किशोर, डिशहोममा प्रसारण हुने

विगत लामो समय नेपाली टेली सिरियलमा आफ्नो कलाकारिता/लेखन र निर्देशन गर्दै आएका किशोर भण्डारीले अब डिशहोमको कमेडी प्लस च्यानलमा नयाँ टेलिसिरियल ल्याउने भएका छन् । 

उनले अड्डा नामको सिरियल ल्याउन लागेका हुन् । 

अड्डा सामाजिक कथा हो हरेक नागरिक कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ अनि अड्डाका कर्मचारीबाट कस्तो दुःख पाउँछन् भन्ने कुरा रमाइलो ढंगबाट देखाउने प्रयास गरिने उनले बताएका छन् । 

अड्डामा किशोर भण्डारी 'डिट्ठा साब', रेश्मा तिमल्सिना 'बुनुमैचा', कृष्णभक्त महर्जन, राम प्र. श्रेष्ठ, लीला के.सी., पुष्प अवस्थी, समीर मिया, सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

कथा/लेखन/निर्देशनमा किशोर भण्डारी, छायाँंकन प्रवेश पोखरेल, सम्पादनमा दुर्लभ श्रेष्ठ गरेका छन् भने वसन्त सापकोटाको संगीत छ । 

हरेक शृंखलामा नयाँ कथा नयाँ कलाकारका साथमा एउटा नौलो प्रस्तुति बताइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्