१२ असार २०८३, शुक्रबार

एपीएफ टोलीद्वारा लागूऔषधसहित एकजना पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित एकजना पक्राउ

सिरहा जिल्लाको नवराजपुर गाउँपालिका– ५ स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलको टोलीले ९ बोत्तल डाइलेक्स डिसीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको सखुवानान्कारकट्टी गाँउपालिका १ बस्ने २६ वर्षीय रवीन्द्र मण्डल छन् ।

सशस्त्र प्रहरी बल नेपाल, फरवार्ड सुरक्षा बेस झाँझपट्टीबाट खटिएको एपीएफ टोलीले मण्डललाई जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरेको एपीएफले जनाएको छ ।

पक्राउ परेका मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको एपीएफले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्