
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा शिवशंकर महतोलाई पक्राउ गरेको छ।
फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइआएका सेवाग्राहीसँग १० हजार घुस लिएको अभियोगमा अख्तियारले उनलाई पक्राउ गरेको हो। उनी कार्यकक्षबाट पक्राउ परेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।