
प्रधानसेनापति पूर्णचन्द्र थापाले काभ्रेपलाञ्चोकस्थित २६ नम्बर बाहिनी अड्डा र विष्णुदल गणको निरीक्षण गरेका छन्।
प्रधानसेनापति थापाले विष्णुदल गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत विविध पक्षबारे जानकारी लिए। साथै उनले सकल दर्जालाई सम्बोधन गरे।
थापाले २६ नम्बर बाहिनी अड्डाको समेत निरीक्षण गरेको जंगअड्डाले जनाएको छ।