१७ असार २०८३, बुधबार

टिभिएसले ल्यायाे २०० सिसिको मोटरसाइकल

टिभिएसले ल्यायाे २०० सिसिको मोटरसाइकल

जगदम्बा मोटर्सले स्मार्ट कनेक्ट र एबिएससहितको २०० सिसिको नयाँ मोडल काे माेटरसाइकल सार्वजनिक गरेको छ।

जगदम्बा अन्तराष्ट्रिय अटोमोबाइल कम्पनी टिभिएस मोटरको २ र ३ चक्के सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक हाे।

मोटरसाइकलमा भएका स्मार्ट सुविधा र महामारीको वर्तमान परिस्थितिलाई मध्येनजर राख्दै कम्पनीले उक्त मोटरसाइकल नेपालमै प्रथम पटक लाइभ स्मार्ट लन्चमार्फत सार्वजनिक गरिएकाे जनाइएकाे छ।

सो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज लगायत अन्य १०० भन्दा बढी फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने जनाइएकाे छ।

लाईभ स्मार्ट लन्च कार्यक्रममा नयाँ मोटरसाइकलको अनावरण राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्