३१ जेठ २०८३, आइतबार

उत्तर कोरियाले प्रस्ट रूपमा चीनको आलोचना गर्‍यो

कात्तिक २०, २०७४
उत्तर कोरियाले प्रस्ट रूपमा चीनको आलोचना गर्‍यो

काठमाडौं, २१ वैशाख — उत्तर कोरियाको सरकारी मिडियाले बुधवार आफ्नो प्रमुख साझेदार चीनको आलोचना गरेको छ । आफ्नो आणविक कार्यक्रममाथि चीनले गैरजिम्मेवार टिप्पणी गरेर धैर्यको परीक्षा लिएको र यसबाट गम्भीर परिणाम निस्कने उसले चेतावनी दियो ।


सरकारनियन्त्रित कोरियन सेन्ट्रल न्युज एजेन्सीले प्रकाशित गरेको एक टिप्पणीमा ‘आजभोलि चीनका तर्फबाट विसंगत तथा गैरजिम्मेवार टिप्पणी आइरहेका छन् जसले खराब परिस्थितिलाई झन् तनावपूर्ण बनाएको छ ।’

उक्त लेखले चीनको सरकारी मिडियामा प्रकाशित टिप्पणीलाई उद्धृत गरेको थियो । अनि त्यसै लेखमा द्विपक्षीय सम्बन्ध बिग्रनुमा उत्तर कोरियालाई दोष लगाउने अनि अमेरिकाको धुनमा नाच्ने काम चीनले गरेको लेखिएको छ ।

‘चीनले उत्तर कोरियाको धैर्यको सीमालाई परीक्षणको कोशिश गर्नु हुँदैन,’ उत्तर कोरियाली टिप्पणीमा उल्लेखित छ ।

‘उत्तर कोरिया र चीनका बीचको सम्बन्धको खम्बालाई ढाल्ने गैरजिम्मेवार कार्यले ल्याउने गम्भीर परिणामका बारेमा चीनले विचार गर्नु राम्रो हुनेछ ।’

चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सको एक लेखमाथि उत्तरको यो टिप्पणी आएको हो । उक्त लेखमा उत्तरको क्रियाकलापले सन् १९६१ मा दुई देशबीच भएको अनाक्रमणको सन्धिलाई खतरामा पारेको चेतावनी दिएको थियो ।

चीनले उत्तरलाई आणविक परीक्षण नगर्न आह्वान गरेको छ ।

उत्तरले थप परीक्षण गरेमा चीनले तेल निर्यातमा प्रतिबन्ध लगाउने लेखमा उल्लेख थियो ।

फक्स न्युजबाट

salt training

कमेन्ट गर्नुहोस्