
दैनिक जीवनमा हामीले सानातिना समस्याहरू भोगिरहेका हुन्छौं । तिनबाट छुटकारा पाउनका लागि हामी यहाँ असरदार टिप्स लिएर आएका छौं ।

माइग्रेनको पीडा हुँदा आफ्ना हातहरू बरफको चिसो पानीमा राख्नुस् । राहत पाउनुहुन्छ ।
अफिसमा वा अन्यत्र कुसमयमा निद्रा लाग्यो भने साँस रोक्नुस् । आफूले सकुञ्जेल रोकेर साँस छोड्नुस् । यसो गर्नुभयो भने तपाईंको निद्रा भाग्छ ।
लाम्खुट्टेले टोकेपछि छाला चिलाउँछ । चिलाएको ठाउँमा डियो लगाउनुभयो भने चिलाउन बन्द हुन्छ ।
तनाव वा अन्य कारणले धेरै मानिसलाई राति निद्रा लाग्दैन । निद्रा लागेन भने एक मिनेटसम्म जोडले आँखाको ढकनी खोल्ने र बन्द गर्ने गर्नुस् । एकैछिनमा निद्रा लागिहाल्छ ।
एजेन्सी