२४ जेठ २०८३, आइतबार

दोस्रो चरणको चुनाव जेठ १५ अगावै ! प्रमुख दलहरुबीच नयाँ सहमतिको प्रयास

कात्तिक २०, २०७४
दोस्रो चरणको चुनाव जेठ १५ अगावै ! प्रमुख दलहरुबीच नयाँ सहमतिको प्रयास


काठमाडौं, २१ वैशाख– प्रमुख दलबीच दोस्रो चरणको स्थानीय चुनाव बजेट (जेठ १५ गते) अगाडि नै सम्पन्न गर्ने विषयमा छलफल सुरु भएको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दलबीच बिहीबार सिंहदरबारमा भएको छलफलमा बजेट अगाडि नै चुनाव गर्ने विषयले प्रवेश पाएको हो ।

बैठकमा प्रतिपक्षी दल एमालेका नेताहरुले बजेट अगाडि नै दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने प्रस्ताव अगाडि सारेका थिए । जसमा माओवादीका नेताहरुले पनि सकरात्मक जवाफ दिएका छन् ।

उक्त विषयमा संसदको ठूलो तथा प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेससँग पनि छलफल गरेर निर्णयमा पुग्ने माओवादी नेताहरुले बताएका छन् ।

सरकारले दोस्रो चरणको स्थानीय निर्वाचन जेठ ३१ गतेका लागि तोकेको छ । दलहरुबीच छलफल भएजस्तै बजेट अगाडि नै चुनाव गर्ने सहमति भए दोस्रो चरणको निर्वाचनको मिति फेरि परिवर्तन हुने छ ।


माओवादी र एमालेबीचको भेटमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्