२३ असार २०८३, मंगलबार

निर्वाचनको मिति सार्न माग गर्दै एमाले निर्वाचन आयोगमा जाने

कात्तिक २०, २०७४
निर्वाचनको मिति सार्न माग गर्दै एमाले निर्वाचन आयोगमा जाने
काठमाडौं, २१ वैशाख - दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति सार्न माग गर्दै नेकपा एमाले निर्वाचन आयोग जाने भएको छ ।

विहीवार एमाले पहिलो चरण र दोस्रो चरणको चुनावमा एक महिना ग्याप हुनु भनेको धेरै ठूलो कुरा भएको भन्दै आयोगमा जान लागेको हो । एमालेले दुई चरणमा हुने चुनावमा आफूहरुको सहमति भएपनि एक महिना लामो ग्याप नराखेर छिटो चुनाव हुनुपर्ने माग गरेको छ ।

एमालेले बैशाख ३१ मा चुनाव गरेर एक महिनापछि जेठ ३१ मा चुनाव गराउँदा मतपेटिकाको सुरक्षादेखि अनेकन समस्या आउने भन्दै बढीमा एक हप्ता मात्रै ग्याप गर्न अनुरोध गर्ने भएको छ । जेठ ३१ मा हुने भनिएको निर्वाचन अघि नै ल्याउनुपर्ने माग एमालेको रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्