०८ असार २०८३, सोमबार

अपहरणमा परेको विमानका सबै यात्रु रिहा, चालक दलका सदस्य विमानमै

कात्तिक २०, २०७४
अपहरणमा परेको विमानका सबै यात्रु रिहा, चालक दलका सदस्य विमानमै
काठमाडौं, ८ पुस -अपहरणमा परेको लिबियाको विमानका सवै यात्रु रिहा भएका छन् ।

माल्टाका प्रधानमन्त्री जोसेफ मुस्क्याटले चालक दलका केही सदस्य बाहेक सबै यात्रु सकुशल बाहिरिएको जनाएका हुन् । विमानमा चालक दलका सदस्य र अपहरणकारी मात्र रहेका छन् । स्थानीय रिपोर्टहरुका अनुसार एक अपहरणकारी व्यक्तिसँग हाते ग्रिनेट रहेको छ ।

एयरबस ब्घद्दण् सावाबाट त्रिपोली जाँदै गर्दा अपहरणमा परेको थियो । जसमा चालक दलका सदस्यसहित ११८ यात्रु रहेको जनाइएको छ । अपहरणकारीका माग बारे अझै स्पष्ट नभएको जनाइएको छ । विमान अपहरणकर्ता एक जना मात्र भएको बताइए पनि केहीले २ जना भएको जनाएका छन् । विमानमा १११ यात्रु र ७ बढी चालक दलका सदस्य रहेको बताइएको छ ।

माल्टा सरकारले अपहरणकारीसँग वार्ता थालेको छ । अपहरणकारीले दुई चरणमा यात्रुहरुलाई छोडेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्