
बक्स अफिसमा धमाका मच्चाएको भारतीय फिल्म बाहुबली–२ द कन्क्लूजन’ले कमाईसमेत केही मामलामा रेकर्ड बनाएको छ । हिन्दी, मलयालम, तेलुगूसमेत कयौं भाषमा रिलिज भएको रेकर्ड बनाउनका लागि यस फिल्ममा पहिलो दिन १ सय करोडको आकडा पार गरेको थियो ।
कसैलाई प्राप्त भएको यत्रो ठूलो सफलताको पछाडि फिल्मका कलाकार, यसका काम गर्ने वाला टेक्निशियन, आधुनिक टेक्नोलोजी, ठूलो बजेट, मार्केटिङ योजनाको ठूलो हात रहेको हुन्छ ।
बाहुबली २ लाई यो सफलतामा पु¥याने केही तथ्यहरुःबाहुबलीको मुंबई प्रमोशनको बीचमा फिल्मका निर्देशक एसएस राजामौलीले बाहुबी केवल एक फिल्म मात्र नभएको र यो फिल्मसँग जोडिइरहनका लागि आवश्यक कठिन साधनासमेत भएको बताएका थिए । उनले यसका लागि कयौंले केही मात्र होइन धेरैनै गुमाएको बताएका थिए ।

फिल्ममा बाहुबली बनेका प्रभासले पहिलो बाहुबली फिल्मबाट दोस्रो बाहुबली २ बीचमा कयौं फिल्महरुलाई छोडे जतिखेर उनी स्टारका रुपमा स्थापित भइसकेका थिए ।
मुम्बइमा फिल्मको रिलिज भन्दा पहिला सञ्चारमाध्यमा राजामौलीले फिल्म तथा यसका कलाकारको योगदानलाई लिएर भनेका थिए की यसमा सवै कलाकारले आफ्नो जीवनको उत्कृष्ठता दिएका छन् र, पात्रले मागे अनुसार आफूलाई मिसिन जस्तै बनाएका छन् ।

फिल्ममा भल्लाल देव बनेका राणा डुग्गुवतीले आफ्नो तौल ३३ किलो बढाउन परेको थियो ।
स्वयं प्रभावसले आफ्नो वजन ३० किलो बढाएका थिए ताकि उनी पद्र्रामा १५० किलोका अमरेन्द्र बाहुबलीका रुपमा देखिन सकुन् ।
देवसेनको भूमिका निभाएकी अनुष्का शेट्टीले आफ्नो वजन २० किलो बढाएकी थिइन् । राजामौलीका अनुसार बाहुबली २ मा बलिउडका कयौं कलाकारलाई पनि लिन चाहेका थिए । तर उनीहरुका लागि उनले स्थान नै बनाउन पाएनन् ।

समाचारहरुका अनुसार फिल्ममा अमिताभ बच्चनले पनि छोटो भूमिकामा देखिने इच्छा जनाएका थिए । तर फिल्ममा यस्तो कुनै भूमिका थिएनन् जो अमिताभलाई सुवाउने होस् ।
बाहुबलीको पहिलो फिल्ममा राजमातको रोलका लागि राजामौलीले पहिले श्रीदेवीलाई आग्रह गरेका थिए तर श्रीदेवीले ६ करोडको माग गरेपछि राजमौली पछिहटे ।
आज राजमाताको भूमिकामा अभिनेत्री राम्या कृष्णनको निकै सरहाना भएको छ ।

राजामौलीका अनुसार बाहुबली २ लाई बनाउन २५० करोड खर्च भएको छ । फिल्मको २० मिनेटको क्लाइमेक्स शूट गर्नका लागि ३० करोड खर्च गरिएको छ । धर्मा प्रोडक्शनको आकडाँ अनुसार बाहुबली २ ले यो रकम शुरुवाती तीन दिनमा कमाएको छ ।
अभिनेता प्रभासले घरमा भलिवल कोर्ट बनाएर लगातार ३० दिनसम्म अभ्यास गरेका थिए । ताकी भारी शरीरलाई लचिलो बनाउन सकियोस् ।
यो फिल्मका कारण उनले आफ्नो विवाहको योजना रोकेका थिए ।

फिल्मको वीएफएक्स तथा एनिमेशनका लागि पहिलो पटक एएमडी प्रोसेसरको प्रयोग गरिएको थियो ।
यसका वीएफएक्स युके्रन, सर्विया तथा चीनसहित पाँच देशमा गरिएको थियो ।
यो भारतीय फिल्मको इतिहासमा एक रेकर्ड भएको छ जसमा लगभल २ हजार ५ सय वीएफएक्स शट्सको प्रयोग गरिएको छ ।
यसको भिजुअल इफेक्स्ट्सका लागि ६ सय प्राविधिकको सहायता लिइएको थियो । ६ सय फरक फरक स्टुडियोमा यसको काम भएको थियो ।

यसका पात्रहरुका लागि गहनाका लगभग १५ हजार डिजाइन तथा २० हजार हतियारको डिजाइन गरेका थिए ।
बाहुबली २ को लागि ५० हजार फुटको एक स्पेशल पोस्टर तयार गरिएको थियो । यस रेकर्डले गिनीज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता भएको थियो ।