
गाडीहरू ट्राफिक सिग्नलमा ग्रीन लाइट कुरिरहेका थिए । त्यतिखेर आकाशमा जे भयो, त्यो देखेर सबैजना तीनछक्क परे ।

एउटा सानो हवाईजहाजले अवतरण गरिरहेको बेलामा बिजुलीको तारलाई छोयो र सेकेन्डभरिमा आगोको गोलामा परिणत भयो ।
यो घटना कारको ड्याशक्याम क्यामरामा कैद भयो र अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
घटना अमेरिकाको वाशिंगटनको मुकिलतेओको हो । हवाईजहाज अवतरणको बेलामा बिजुलीको तारसँग ठोक्किन पुग्यो र तत्कालै आगो लाग्यो । अनि प्लेन सडकमै विस्फोट भयो ।
तर चमत्कार नै भन्नुपर्छ, पाइलट र यात्रीहरूलाई केही पनि भएन । उनीहरूलाई गम्भीर चोटपटक त लाग्यो तर उपचार चलिरहेको छ ।
जहाज विस्फोट हुँदा शहर पूरै धूँवैधूँवाले ढाकियो । जहाज सडकमा रहेका गाडीहरूसँग पनि ठोक्कियो तर धन्य कसैलाई केही भएन ।
हेरौं भिडियो :
एजेन्सी