२३ असार २०८३, मंगलबार

बेलायतकी महारानीका पति शाही कर्तव्यबाट निवृत्त

कात्तिक २०, २०७४
बेलायतकी महारानीका पति शाही कर्तव्यबाट निवृत्त

काठमाडौं, २१ वैशाख — बेलायतकी महारानी एलिजाबेथका पति प्रिन्स फिलिपले राजकीय कर्तव्यबाट निवृत्ति लिएको बकिङघम प्यालेसले बिहीवार घोषणा गरेको छ ।


ड्युक अफ एडिनबरा प्रिन्सले आफैं यो निर्णय लिएका र यसका लागि उनलाई महारानीको पनि समर्थन रहेको दरबारका प्रवक्ताले बताए ।

उनले अगस्टसम्म पहिल्यै सूचीमा रहेका काम गर्नेछन् तर नयाँ निम्तो मान्ने छैनन् ।

प्रिन्स अर्को महिना ९६ वर्ष पुग्दै छन् र उनी ७८० भन्दा बढी संस्थाका अभिभावक, अध्यक्ष वा सदस्य छन् ।

तर उनले अब कार्यक्रमहरूमा भाग लिएर सक्रिय भूमिका निर्वाह नगर्ने बकिङघम प्यालेसले बतायो ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्