०७ असार २०८३, आइतबार

सोमालियाका सुरक्षाकर्मीले मन्त्रीलाई गोली हानी मारे

कात्तिक २०, २०७४
सोमालियाका सुरक्षाकर्मीले  मन्त्रीलाई गोली हानी मारे

काठमाडौं, २१ वैशाख — सोमालियाका सुरक्षाकर्मीले इस्लामिक लडाकु भन्दै झुक्किएर आफ्नै सरकारका एक मन्त्रीको गोली हानी हत्या गरेका छन् ।


राजधानी मोगादिशुको राष्ट्रपति भवननजिक एउटा गाडीमा उनको हत्या भएको अधिकारीहरूले बताए ।

अब्दुल्लाही शेख अब्बासको यसरी हत्या भएपछि राष्ट्रपतिले इथियोपियाको भ्रमण छोट्ट्याएका थिए ।

शरणार्थी शिविरमा हुर्केबढेका अब्बास सोमालियाका सबभन्दा कान्छा सांसद थिए र फेब्रुअरीमा उनी सबभन्दा कान्छा मन्त्री बनेका थिए ।

सोमालियामा लामो समयदेखि द्वन्द्व चलिरहेको छ । आतंकवादी संगठन अलकायदासँग आबद्ध अल–शबाब इस्लामिक लडाकु समूहले त्यहाँ हिंसा मच्चाइरहेको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्