०४ असार २०८३, बिहीबार

बेइजिङमा धूलोसहितको तुफान चल्यो, घरबाट निस्कनै मुश्किल

कात्तिक २०, २०७४
बेइजिङमा धूलोसहितको तुफान चल्यो, घरबाट निस्कनै मुश्किल

काठमाडौं, २१ वैशाख — चीनको राजधानी बेइजिङमा बिहीवार भारी धूले तुफान आएपछि चुरोटको जस्तो गन्ध भएको तुँवालो छाएको छ । वायुप्रदूषणका कारण छटपटाइरहेको यो शहरमा अर्को विपदा आइलागेको हो ।


बेइजिङ विमानस्थलमा दर्जनौं उडानहरू क्यान्सिल भएका छन् । अधिकारीहरूले मानिसलाई घरैभित्र बस्न आग्रह गरेका छन् । प्रदूषण मात्रा पीएम१० ह्वात्तै बढेर दुई हजार माइक्रोग्राम प्रति क्युबिक मिटर पुगेपछि फोक्सोमा समस्या आउन थाल्छ ।

‘यो त बौलाहा स्थिति भयो,’ वातावरणवादी ग्रीनपीस संस्थाका प्रतिनिधि ली शुओले ट्वीट गरे ।

एजेन्सी


salt training

कमेन्ट गर्नुहोस्