
काठमाडौं, २१ वैशाख – कास्कीकाे पोखरा-लेखनाथ महानगरपालिकाको मेयरबाट माओबादी केन्द्रका उम्मेदवार पछि हटेका छन् । माओबादीका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका हुन् । पोखरामा माओबादीले कांग्रेसलाई सघाउने निर्णय गरेकाे छ । पार्टी केन्द्रले पोखरा, चितवन र काठमाडौंमा चुनावी तालमेल गर्ने निर्णय गरेसँगै उम्मेदवारबाट नाम फिर्ता लिएका हुन् ।
उपमेयरकी उम्मेदवार गोमा ढकालको नाम भने फिर्ता भएको छैन । अब पोखरामा कांग्रेसका रामजी कुँवर र एमालेका मानबहादुर जिसीका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।