२६ असार २०८३, शुक्रबार

चीनमा कीराकाे मद्दतबाट बनाइएकाे काेराेना खाेपलाई ट्रायलकाे अनुमति

भदौ ६, २०७७
चीनमा कीराकाे मद्दतबाट बनाइएकाे काेराेना खाेपलाई ट्रायलकाे अनुमति

चीनले कीराकाे मद्दतबाट बनाइएकाे  एक सम्भावित कोरोना खाेपलाई मानवमा ट्रायलकाे अनुमति दिएकाे छ। 

समाचार एजेन्सी राेयटर्सका अनुसार याे जानकारी शनिबार चंगडू सहरकाे स्थानीय प्रशासनले दिएकाे हाे।

चीन काेभिड-१९ काे महामारी राेक्न सस्ताे खाेप बनाउन वैश्विक दौडमा छ।

सामाजिक सञ्जाल वी-च्याटमार चंगडू सहरी प्रशासनले एक नोटिस जारी गरेकाे छ। जसअनुसार कोरोनाकाे याे खाेपका लागि कीराकाे कोशिकाकाे प्रयाेग गरेर प्रोटिन बनाइएकाे छ। 

नोटिस अनुसार चंगडूकाे सचुआन विश्वविद्यालय वेस्ट चीन अस्पतालमा तयार गरिएकाे याे खाेपलाई नेशनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेशबाट क्लीनिकल ट्रायलका लागि अनुमति दिइएकाे हाे।

याे खाेप यसअघि बाँदरमा ट्रायल गरिसकिएको छ। बाँदरमा परीक्षण गर्दा कुनै स्पष्ट दुष्प्रभाव यसबाट सार्स-सिओभी२ इन्फेक्शनबाट बचाएकाे थियाे। -बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्