०१ साउन २०८३, शुक्रबार

म्याक लुब्रिकेन्टस्को “स्क्रीनशट एण्ड विन” को लक्की ड्रबाट विजेता घोषणा

म्याक लुब्रिकेन्टस्को “स्क्रीनशट एण्ड विन” को लक्की ड्रबाट विजेता घोषणा

म्याक लुब्रिकेन्टस् संगको सहकार्यमा २०७७ सालको गाईजात्रा कार्यक्रम डिजिटल प्रविधिबाट प्रसारण भएर भव्यताका साथ सम्पन्न भएको छ ।

विद्यमान विसम परिस्थितिलाई मध्यनजर गर्दै र स्वास्थ सुरक्षा सर्तकता अपनाउदै यस वर्ष गाईजात्रा परिवारले आफ्नो हाँसो, व्यंग्य र मनोरञ्जनले भरिपुर्ण कार्यक्रमलाई डिजिटल प्रविधि मार्फत सम्पुर्ण दर्शकहरु माझ प्रस्तुत गरेको हो । 

गाईजात्रे कार्यक्रमलाई अझ्रै रोचक बनाउन म्याक लुब्रिकेन्टस्को तर्फबाट स्क्रीनशट लिनुहोस्, उपहार जित्नुहोस नामक योजना समावेश गरिएको थियो । 

सो योजना अनुशार गाईजात्रा हेदैँ गर्दा म्याक ४टी स्ट्यालिअन स्क्रिनमा आएको बेला स्क्रीनशट लिएर म्याक लुब्रिकेन्टस् नेपालको फेसबुक पेजमा तस्वीर इनबक्स गरि म्याक लुब्रिकेन्टस् को तर्फबाट प्रदान गरिने विभिन्न आकर्षक पुरस्कार योजनामा सहभागि हुन सकिने व्यवस्था थियो । 

श्रावण १५ बाट सुरुभई २५ गते सम्म चलेको यस कार्यक्रममा देशभरीबाट कुल ३८६ जनाले सहभागिता जनाउनु भएको थियो । सहभागि प्रतिस्पर्धीहरु मध्ये २५ जनालाई २०७७ साल भाद्र ५ गते हरितालिका तीज को अवसर पारेर म्याक लुब्रिकेन्टस् नेपालले आफ्नो फेसबुक पेजमा लाइभ लक्की ड्र मार्फत विजेता घोषण गरेको  छ । 

प्रत्येक भाग्यशाली विजेताले म्याक लुब्रिकेन्टस््को तर्फबाट म्याक ४टी स्ट्यालिअन इञ्जिन आयलको एक वर्ष निशुल्क पाउनुको साथै अन्य थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्नुभएको छ । 
म्याक लुब्रिकेन्टस् नेपाल हेड श्री रोशन कुमार श्रेष्ठ, प्रसिद्द हास्यव्यंग्य कलाकार मनोज गजुरेल, ब्राण्ड वर्थ मिडिया प्रा.लि. का प्रमुख मोहन गजुरेल, बिपीसीएलका रिजनल मेनेजर श्री राजिव कुमार तथा बिपीसीएलका कन्ट्री मेनेजर मुकुन्द धमला लगायतको विशेष उपस्थीतिमा कार्यक्रम सम्पन्न गरिएको छ ।
 
कोरोना संक्रमणको महामारीको बेलामा पनि डिजिटल प्रबिधिको माध्यमबाट २०७७ सालको गाईजात्रा कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदैं आगामी दिनहरुमा अझै आकर्षक र मनोरञ्जनात्मक प्रस्तुतीहरु लिएर आउने बाचा म्याक लुब्रिकेन्टस्ले गरेको छ ।
नेपालको लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा।लि। बाट वितरित म्याक लुब्रिकेन्टस् बिश्वविख्यात र सबैभन्दा भरपर्दो इञ्जीन आयल हो । 

salt training

कमेन्ट गर्नुहोस्