चलचित्र ‘लाल्टिन’ को ट्रेलर रिलिज भएको छ । दयाहाङ राई र प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ ।
देवकुमार श्रेष्ठले निर्देशन गरेको उक्त चलचित्रको ‘चमेली’ बोलको गीत यसभन्दा पहिले नै दर्शकमाझ हिट भएको थियो । चलचित्रलाई हरि घले लामाले छायांकन गरेका हुन् ।

एमसन पिक्चर्स भानु प्रतापको व्यानरमा बनेको चलचित्रलाई किरण माइकल र भानु प्रतापले संयुक्त रुपमा लेखेका हुन् । आउँदो जेठ २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।