२९ जेठ २०८३, शुक्रबार

आफ्नो योजनामा राजधानीबासीले साथ दिन्छनः विद्यासुन्दर शाक्य

कात्तिक २०, २०७४
आफ्नो योजनामा राजधानीबासीले साथ दिन्छनः विद्यासुन्दर शाक्य

भक्तपुर २१ बैशाख–काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको समृद्धिका लागि आफुले बनाएका सबै योजनामा राजधानीबासीले सहयोग र साथ दिने बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महानगरपालिकाको यातायात व्यवस्थापन, ढल निकास, स्मार्ट पार्किङ निर्माण, मेट्रो सिटी, मोनो रेल र खानेपानी तथा फोहोर व्यवस्थापनका लागि उपयुक्त डम्पिङसाईडको स्थापना गर्ने लगायतका योजना अघि सारेको बताए ।

उनले काठमाडौंलाई अन्य विदेशी शहरको नामबाट नभई काठमाडौंकै नामबाट विश्वभर चिनाउँने अभियानमा यहाँको समग्र विकासलाई अघि बढाउने प्रतिबद्धता समेत जनाएका छन् ।

आगामी ३१ मा हुने स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकामा एमालेको जीत निश्चित भएको दाबी गर्दै उनले यसका लागि विभिन्न खालका अभियान चलिरहेको जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्