०५ साउन २०८३, मंगलबार

एडल्ट स्टार स्टोर्मी डेनियल्सलाई ट्रम्पले ५३ लाख रुपैयाँ तिर्नुपर्ने

भदौ ७, २०७७
एडल्ट स्टार स्टोर्मी डेनियल्सलाई ट्रम्पले ५३ लाख रुपैयाँ तिर्नुपर्ने

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई लगभग ५३ लाख रुपैयाँ तिर्नुपर्ने आदेश अमेरिकाको एक अदालतले दिएको छ । 
 

डेनियल्सले ट्रम्पसँग आफ्नो अफेयर रहेको बताएकी छन् भने ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका छन् । 
 

ट्रम्पविरुद्ध डेनियल्सले लगाएको मुद्दा खारेज भएको थियो । डेनियल्सले ननडिस्क्लोजर अग्रीमेन्ट (कुरा नखुलाउने सहमति) का विषयमा मुद्दा लड्दा भएको खर्चको भरपाइस्वरूप क्यालिफोर्निया सुपेरियर कोर्टका न्यायाधीशले ट्रम्पलाई ४४ हजार १०० डलर तिर्न भनेका छन् । 

आदेश सोमवार दिइएको भए पनि डेनियल्सका वकिलहरूले शुक्रवार अन्लाइन पोस्ट गरेका हुन् ।
 

डेनियल्सको वास्तविक नाम स्टेफानी क्लिफोर्ड हो र उनले सन् २००६ देखि २००७ सम्म ट्रम्पसँग अफेयर राखेको बताइन् । उनले ट्रम्पका पूर्व वकिल माइकल कोहेनसँग एक लाख ३० हजार डलर बराबरको ननडिस्क्लोजर अग्रीमेन्टमा हस्ताक्षर गरेकी थिइन् । 
 

क्लिफोर्डले सन् २०१८ मा ट्रम्पविरुद्ध मुद्दा दायर गरेकी थिइन् र ननडिस्क्लोजर अग्रीमेन्टबाट मुक्त हुन चाहेकी थिइन् । त्यसको जवाफमा ट्रम्प र उनको लिगल टीमले मुद्दा दायर गर्ने वा ननडिस्क्लोजर अग्रीमेन्ट पालन गर्न लगाउने काम नगर्ने सहमति अदालतबाहिर गरेका थिए । त्यसपछि डेनियल्सको मुद्दा खारेज गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्