×

NMB BANK
NIC ASIA

कोरोना संक्रमणको चपेटामा ‘फ्रन्टलाइनर’ : चिकित्सकलाई नै देखियो जटिल संक्रमण

भदौ ७, २०७७

NTC
Premier Steels

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका निर्वतमान मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनाललाई गएको साता कोरोना संक्रमण भयो । उनले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै लेखे, ‘मेरो कोभिड–१९ पोजेटिभ आएको छ ।

Muktinath Bank

अहिले म ‘सेल्फ आइसोलेसन’मा छु । मेरो सम्पर्क आउनुभएकाहरूले पीसीआर परीक्षण गरी ढुक्क हुनुहोस् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संक्रमणले अवस्था जटिल बन्दै गएपछि खनाललाई शनिवार काठमाडौंस्थित ह्याम्स अस्पतालमा लगेर भर्ना गरिएको छ ।


Advertisment
Nabil box
Kumari

गएकै साता जिल्ला अस्पताल, कपिलवस्तुमा कार्यरत नेपालकै पहिलो कोरोना संक्रमित नर्सलाई संक्रमण दोहोरियो ।

Vianet communication

अस्पतालमा कार्यरत उनी मात्रै होइन उनीसँगै काम गर्ने एउटै अस्पतालका २१ जना स्वास्थ्यकर्मी, स्टार्फनर्स र चिकित्सकमा समेत संक्रमण देखियो । उनीसहित अन्य स्वास्थ्यकर्मीहरू अस्पतालकै ‘क्वार्टर’ मा आइसोलेट भएर बसेका छन् । एक साथ धेरै स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि अहिले पनि अस्पतालमा आकस्मिकबाहेक अन्य सेवा बन्द छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरी पनि संक्रमित भए । प्रदेश ५ मा दैनिक कोरोनाको प्रेस ब्रिफिङ गराउने चौधरीले आफूलाई संक्रमण भएपछि सामाजिक सञ्जालबाट जानकारी गराएका थिए ।

होम आइसोलेसनमा बसेका उनीको अवस्था जटिल बन्दै शनिबार बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा आईसीयूमा ल्याएर भर्ना गरी उपचार भइरहेको छ । 

चौधरीको प्राथमिक कन्ट्याक्ट ट्रेसिङ गर्दा परिवारका सबै (८ जना) लाई समेत संक्रमण पुष्टि भएको छ । शुक्रवार रूपन्देहीको भैरहवास्थित भीम अस्पतालका २ जना र युनिभर्सल मेडिकल कलेजका १ जना चिकित्सक र स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका दुईजना स्वास्थ्यकर्मी पनि संक्रमित हुन पुगे ।

संक्रमण दर समुदायस्तरमै तीव्र रूपमा फैलिँदा उपचारमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीमा संक्रमण दर बढ्दै गएका हो ।

अहिलेसम्म प्रदेश ५ मा ४५ जना स्वास्थ्यकर्मी, चिकित्कसक र प्यारामेडिक्स संक्रमित भएका छन् । संक्रमितमध्ये ७० प्रतिशत पछिल्लो एक सातामा संक्रमित भएकाहरू हुुन् । 

संक्रमित स्वास्थ्यकर्मीहरूमा लक्षण र जटिल संक्रमण देखिँदा अस्पताल भर्ना हुनुपर्ने अवस्था देखिँदै गएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेल अस्पतालमा आउने बिरामीको उपचारमा खटिने चिकित्सक संक्रमणको निसानामा परेको बताए । 

संक्रमितको सम्पर्कमा पुगेकाहरूको कन्ट्याक्ट टे«सिङ नगरिँदा शंकास्पद बिरामी अस्पतालसम्म आइपुग्छन् । 

उनीहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मी समेत अहिले संक्रमित हुने क्रम बढ्दै गएको हो । प्रदेश ५ मा संक्रमण बढेसँगै स्वास्थ्यकर्मीलाई पनि संक्रमण हुने दर बढ्दै गएको हो ।

संक्रमितको उपचार र आइसोलेसनको व्यवस्थापनका क्रममा उचित सावधानी नपुग्दा ‘फ्रन्टलाइन’ मा रहेर काम गर्नेहरू संक्रमणको उच्च जोखिममा परेको कोरोना अस्पतालका फोकल पर्सन वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए । 

थापाले लोकान्तरसँग भने, ‘अन्य लक्षण नभएका बिरामीसँग सम्पर्कमा आउँदा चिकित्सकहरूमा संक्रमण बढ्दै गयो, चिकित्सहरूमा पनि जटिल लक्षणहरू देखिँदैछ ।’

संक्रमण तीव्र हुँदा कोरोना विशेष अस्पतालमा बिरामी भरिएका छन् । अस्पतालका ३ वटा भेन्टिलेटर, १३ आईसीयू र २३ वटा आइसोलेसन वार्ड भरिएका छन् ।

थापाले थपे, ‘अब आउने बिरामीलाई बेड नै छैन । आईसीयू र भेन्टिलेटरका ५ जनाको अवस्था जटिल छ, उनीहरू रुपन्देही, कपिलवस्तु र दाङका हुुन् ।’ 

संक्रमण समुदायमै पुगिसकेपछि प्रदेश सरकार कोरोना प्रतिकार्य योजना स्वीकृत गरी स्वास्थ्य क्षेत्रमा स्वास्थ्य उपकरणहरू खरिदको तयारीमा जुटेको छ ।

झण्डै २५० वटा भेन्टिलेटर, आईसीयू र अन्य स्वास्थ्यकर्मीका लागि उपकरण खरिदको तयारी गरिएको छ । प्रदेश ५ मा अहिले करीब १ सयवटा मात्र आईसीयू छन् ।

प्रदेशमा अहिलेसम्म ५ हजारभन्दा बढीलाई कोरोना संक्रमण भएको छ भने १७ जनाको मृत्यु भइसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x