
काठमाडौं, २१ वैशाख –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीप विकास परियोजना, नयाँ बानेश्वरमा कार्यरत् एक लेखा अधिकृतलाई अवैध सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
परियोजनामा वरिष्ठ लेखा अधिकृत रामबाबु अधिकारीलाई आयोगले बिहीवार अदालतमा मुद्दा दायर गरेको हो । सार्वजनिक सेवामा रहँदा मर्यादा विपरितको कार्य गरी अकुत अवैध सम्पत्ति आर्जन गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।
अधिकारीको दुई करोड चौवन्न लाख उनान्सत्ती हजार रुपैयाँ बराबरको सम्पति आर्जनको वैध श्रोत पुष्टी गर्न नसकेको आधारमा अख्तियारले जनाएको छ ।
उनी लमजुङ जिल्लास्थित साविकको चन्द्रेश्वर गाविस वडा नं. ४ दुराडाँडाका स्थायी बासिन्दा हुन् ।