२२ जेठ २०८३, शुक्रबार

सुशीला प्रकरणमा बारले दियो यस्तो निर्देशन

कात्तिक २०, २०७४
सुशीला प्रकरणमा बारले दियो यस्तो निर्देशन
काठमाडौं, २१ बैशाख नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावको समर्थन वा विरोधको कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको छ ।Sushila Karki

बारका महासचिव खम्बबहादुर खातीले आज जारी गरेको परिपत्रमा महाभियोगको प्रस्ताव संसद्को अधिकार क्षेत्रसमेत रहेको कुरालाई ध्यानमा राखी कुनै बार एकाइलाई उक्त प्रस्तावमा समर्थन वा विरोधको कुनै पनि कार्यक्रम नगर्न नगराउन भनिएको छ ।

प्रस्ताव संवैधानिक प्रक्रियागत रुपमा अगाडि बढी नेपालको संविधान तथा संवैधानिक व्यवस्थानुसार सार्वभौमसत्तासम्पन्न जनताको प्रतिनिधि संस्थाका रुपमा संसद्मा विचाराधीन अवस्थामा रहेको परिपत्रमा उल्लेख छ ।

यसैबीच उच्च अदालत बार एसोसिएन पाटनले आज महाभियोगको प्रस्तावविरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्