नुवाकोट, २१ वैशाख बेलकोटगढी नगरपालिकाको वडा नं १ को महिला दलित सदस्य पदमा ठूलीकान्छी नेपाली निर्विरोध निर्वाचित भएकी छिन् ।
नेकपा माओवादी केन्द्रबाट महिला दलित सदस्य पदमा उम्मेदवारी दिएकी उनको प्रतिस्पर्धी कोही नभएपछि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत हरिप्रसाद चापागाईंले जानकारी दिए ।
यस्तै तार्केश्वर गाउँपालिकाको वडा नं ६ मा भने महिला दलित सदस्य पदमा उम्मेदवारी नै नपरेपछि उक्त पद रिक्त भएको निर्वाचन अधिकृत नवराज तिवारीले जानकारी दिए ।