०१ साउन २०८३, शुक्रबार

अमेरिकामा प्रहरीको अर्को ज्यादती, बच्चाकै अगाडि बाबुलाई हानियो ७ राउण्ड गोली [भिडियो]

अमेरिकामा प्रहरीको अर्को ज्यादती, बच्चाकै अगाडि बाबुलाई हानियो ७ राउण्ड गोली [भिडियो]

संयुक्त राज्य अमेरिकाको केनोशा राज्यमा गोरा प्रहरी अधिकृतले एकजना काला अनुहारका व्यक्तिलाई बच्चाबच्चीकै अगाडि ७ राउण्ड गोली फायर गरेका छन् ।

ज्याकोब ब्लेक नाम गरेका २९ वर्षीय ती व्यक्तिलाई प्रहरी अधिकारीले ७ राउण्ड गोली प्रहारी गरी नियन्त्रणमा लिएका हुन् ।

ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको भिडियो भाइरल भएपछि त्यहाँ स्थानीयहरूले विरोध प्रदर्शन गर्न शुरू गरेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ ।

स्थानीय समयअनुसार आइतवार साँझ भएको गोलीकाण्डपछि ती व्यक्तिलाई तत्काल अस्पताल लागिएको छ । ब्लेक अहिले आइसीयुमा उपचाररत रहेका छन् ।

विसकोनसिनका गभर्नर टोनी एभर्सले प्रहरीले अत्याधिक बल प्रयोग गरेको स्वीकारेका छन् र अनुसन्धान गरेर दोषीलाई कारवाही गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

ज्याकोबलाई प्रहरीले किन गोली हान्नुपर्यो अहिलेसम्म केही खुलेको छैन । उनी कारमा आफ्नो परिवारसँग थिए । 

यसअघि  जर्ज फ्लोयडको हत्या गरेको भन्दै अमेरिकाका प्रहरीमाथि अभियोग लागेको थियो । 

अमेरिकामा जातीय विभेद र त्यसले निम्त्याएको हत्या, प्रतिहत्याको शृंखला पछिल्लो समय व्हात्तै बढिरहेको छ ।

हेर्नुहोस् भिडियो - 

salt training

कमेन्ट गर्नुहोस्