२९ जेठ २०८३, शुक्रबार

मूल्यवृद्धिले सरकारी लक्ष्य नाघ्यो, सबैभन्दा महँगी काठमाडौंमा

मूल्यवृद्धिले सरकारी लक्ष्य नाघ्यो, सबैभन्दा महँगी काठमाडौंमा

गत आर्थिक २०७६÷७७ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ले सरकारी लक्ष्य नाघेको छ।

सरकारले गत आवमा मुल्यवृद्धि ६ प्रतिशतभित्र सीमित गर्ने लक्ष्य राखे पनि ६.१५ प्रतिशत पुगेको हो।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार मूल्यवृद्धिले लक्ष्य नाघेको हो।

त्यस अघिल्लो आवमा नेपालको वार्षिक औसत मूल्यवृद्धि ४.६४ प्रतिशत थियो।

गत आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मूल्यवृद्धि ८.१६ प्रतिशत छ। अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मूल्यवृद्धि ३.०९ प्रतिशत थियो।

यसैगरी, गैरखाद्य तथा सेवाको मूल्यवृद्धि वार्षिक औसत मूल्यवृद्धिको ४.६१ प्रतिशत छ। अघिल्लो आर्थिक वर्ष उक्त समूहको मूल्यवृद्धि ५.८६ प्रतिशत थियो।

गत आवमा सबैभन्दा बढी मूल्यवृद्धि काठमाडौं उपत्यकामा देखिन्छ। काठमाडौं उपत्यकामा ६.९६ प्रतिशत, तराईमा ६.२९ प्रतिशत, पहाडमा ५.१० प्रतिशत र हिमालमा ४.९१ प्रतिशत मूल्यवृद्धि रहेको राष्ट्र बैंकको तथ्यांक छ।

अघिल्लो आर्थिक वर्ष यस्तो मूल्यवृद्धि क्रमशः ४.८६ प्रतिशत, ४.२६ प्रतिशत, ५.०० प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो।

salt training

कमेन्ट गर्नुहोस्