०१ असार २०८३, सोमबार

कञ्चनपुरको डोकेबजार आसपासको क्षेत्र पूर्णरूपमा बन्द

भदौ १०, २०७७
कञ्चनपुरको डोकेबजार आसपासको क्षेत्र पूर्णरूपमा बन्द

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै गएराति १२ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि डोकेबजार क्षेत्र पूर्णरूपमा बन्द गरेको हो ।
 
कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम, नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । बन्दको अवज्ञा गरेको पाइए संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानूनबमोजिम कारवाही हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्