२८ जेठ २०८३, बिहीबार

थपिएको निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइन्न ? हेर्नुहोस्, जिल्ला प्रशासनको आदेश

थपिएको निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइन्न ? हेर्नुहोस्, जिल्ला प्रशासनको आदेश
सांकेतिक तस्वीर

कोरोना संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ गतेसम्म लम्बिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि तीनवटै जिल्ला प्रशासनले एउटै बेहोराको आदेश जारी गर्दै उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरेका थिए ।

संक्रमण फैलिन नदिन निषेधाज्ञा प्रभावकारी भएको निष्कर्षसहित भदौ १७ सम्म लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले लोकान्तरलाई जानकारी दिए ।

हेर्नुहोस्, आदेश : (के गर्न पाइन्छ, के पाइन्न ?)

काठमाडौं उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा १५ गतेसम्म लम्ब्याएर परीक्षणको दायर बढाउन सुझाव दिएको थियो ।

संक्रमण फैलिन नदिन भन्दै मुलुकभरका ५० जिल्लामा आंशिक वा पूर्ण निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा पनि पहिलो चरणमा भदौ ३ देखि १० गतेसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्