
प्रहरीले भन्सार छलेका १४ थान आईफोन बरामद गरेको छ ।
अन्दाजी सात लाख बराबरका ती आईफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले कालो झोलामा राखी ल्याइएको बिलबिजक बिनाका उक्त आईफोन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।