
निरन्तरको वर्षाका कारण चितवनस्थित मुग्लिन–नारायणगढ सडक खण्डको यातायात अवरुद्ध भएको छ ।
सोमबार साँझमुग्लिन–नारायणगढ सडकको तुईन खोलामा ढुङ्गा खस्ने र सेती दोभानमा माथिबाट लेदोसहितको पहिरो आएपछि सडक बन्द भएको हो ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउनका लागि मेसिनहरू सम्बन्धित स्थानमा पुगिसकेका छन् । तर, भारी वर्षा नरोकिएका कारण पहिरो पन्छाउने कार्यमा समस्या भइरहेको डिभिजनले जनाएको छ ।
सडक अवरुद्ध भएपछि बीच बाटोमै रोकिएका सवारीसाधनहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । साथै, यात्रामा निस्कनुअघि सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजनले सम्पूर्णमा अनुरोध गरेको छ ।